२६ कार्तिक २०८३, बिहिबार

विद्युत महसुल बढ्यो, प्रतियुनिट कति पुग्यो ? (हेर्नुस् सूची)

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb-light-nepalकाठमाडौं, १७ असार । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल बढाएको छ ।

प्राधिकरणको सिफारिसमा साउन १ गते देखि लागू हुनेगरी महसुल निर्धारण आयोगले विहीबार विद्युत महसुल बढाएको हो ।

विद्युत प्राधिकरणले साउनदेखि लागू हुनेगरी सात तहमा वर्गीकरण गरेर महसुल वृद्धि गर्ने प्रस्ताव महसुल निर्धारण आयोगमा पठाएको थियो । उक्त प्रस्तावलाई विहीबार आयोगले स्वीकृत गरेको हो ।

नयाँ महसुल अनुसार विद्युतको न्युनतम प्रतियुनिट ३ रुपैयाँ पुगेको छ ।

हेर्नुस् सूचीः

२० युनिटसम्मको विद्युतको ३० रुपैयाँ । (प्रतियुनिट ३ रूपैयाँ)
३० युनिटसम्मको विद्युतको ५० रुपैयाँ । (प्रतियुनिट ७ रूपैयाँ)
५० युनिटसम्मको ७५ रुपैयाँ । (प्रतियुनिट ८ रुपैयाँ ५० पैसा)
१५० युनिटसम्म १०० रुपैँया । (प्रतियुनिट १० रुपैँया)
२५० युनिटसम्म १२५ । (प्रतियुनिट ११ रुपैयाँ)
४०० युनिटसम्म १५० रुपैयाँ (प्रतियुनिट १२ रुपैयाँ)
४०० भन्दा माथि युनिटका १७५ रुपैयाँ (प्रतियुनिट १६ रुपैयाँ)

तथ्यांक स्रोतः महसुल निर्धारण आयोग ।