काठमाडौं, १७ असार । सहमतिको सरकारबारे बहस चल्दै गर्दा त्यसका लागि कांग्रेसले माओवादी केन्द्रको निर्णय पर्खने बताएको छ ।
यसअघि कांग्रेससँगकै छलफलपछि वैशाख २२ मा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दलको नेतृत्वमा सरकार बनाउने निर्णय गरे पनि भोलिपल्ट निर्णय फिर्ता लिएका कारण कांग्रेस ढुक्क हुन सकेको छैन ।
कतिपयले कांग्रेस र माओवादी केन्द्रबीच ओली सरकार गिराउनेबारे एक मत बने पनि त्यसपछि बन्ने सरकारबारे मतभेद हुन सक्ने आँकलन गर्दैगर्दा माओवादी पक्ष भने आपसमा शंका गर्नुपर्ने कुनै अवस्था नभएको दाबी गर्छ ।
उच्च स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले यसअघि नै दाहाललाई प्रधानमन्त्री बनाउने बचन दिइसकेका छन् । देउवाले दाहालसँग पहिले केपी ओली सरकारबाट आफ्ना मन्त्री फिर्ता गराउन आग्रह गरेको बुझिएको छ ।
कान्तिपुर दैनिकमा समाचार छ ।















प्रतिक्रिया