९ कार्तिक २०८३, सोमबार

झा, कर्मोचा र सोबका कारण नयाँ शक्तिमा लफडा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattrai

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति नेपालमा वरीयताको विषयमा पार्टीभित्र असन्तुष्टि बढेको छ ।

पार्टीको हालै सम्पन्न सचिवालय बैंठकमा तीनजना पार्टी सहसंयोजक चयन भएपति दोस्रो बरीयताका विषयमा पार्टीभित्र अन्योलता र असन्तुष्टि चुलिएर गएको हो ।

नयाँ शक्तिले सह-संयोजकहरुमा रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोबलाई चयन गरेको थियो । मधेसी कोटाबाट झा, आदिवासी जनजातिबाट कर्मोचा र महिला तथा दलितबाट समानुपातिक हुने गरी सोबलाई चयन गरेको जनाएपति यो संरचनाले पार्टी विकास नहुने भन्दै सशस्त्र युद्ध लडेर आएका माओवादी नेताहरु भने असन्तुष्ट रहेको स्रोतले बताएको छ ।

नयाँ शक्तिका नेता पर्शुराम तामाङले वरियताका क्रममा नसोचिएको भएपनि सहसंयोजक बनाएकाले बरियताक्रम त्यही अनुसार हुनसक्ने बताए ।

कतिपय नेताले भने पार्टी सहसंयोजक चयन नयाँ शक्तिकै अन्तरिक विधान विपरित भएको समेत टिप्पणी गरेका छन्  ।

राजधानी दैनिकमा समाचार छ ।