काठमाडौं, १७ असार । भारतीय दूतावासले चीनको तिब्वतसँग सीमा जोडिएको हुम्लाको हिन्सा विकासमा भारतीय सरकारका तर्फबाट चासो देखाएको छ ।
मानसरोबर जाने पर्यटकको सुविधानका लागि भन्दौ हिन्ल्सा क्षेत्रमा धर्मशालालगायतका भौतिक पूर्वाधार निर्माणमा भारतले चासो देखाएको हो ।
तर, चीनले तिब्बतसँग सीमा जोडिएका नेपाली क्षेत्रमा भारतीय आएको मन पराउँदैन् । अर्काेतर्फ नेपालले चीनसँग आफू सधै एक चीन नीतिको पक्षमा रहेको प्रतिबद्धता जनाउँदै आएको छ ।
यदि भारतको यो प्रस्ताव स्वीकार गरे चीन नेपालसँग चिढिनेछ । किनकि विकासको बहानामा तिब्बततर्फ सुराकी गर्ने भारतको योजना हुनसक्ने भन्दै चीनले शंका गर्ने ठाउँ प्रशस्त छ ।
यसअघि विहीबारमात्रै चीनले भारतीय नागरिक देखिएको भन्दै अचानक नेपाली अधिकारीलाई जानकारी नदिएरै कोरला नाका बन्द गरिदिएको थियो ।
अमेरिकासँग हात मिलाएको भारतले चीनविरुद्ध गतिविधि गरिरहेको भन्दै चिनियाँ अधिकारी ज्यादै शर्तक रहने गरेका छन् ।
हुम्लाका स्थानीय विकास अधिकारी बलदेव जोशीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरी भारतीय सहयोगलाई स्वीकार गर्ने वा नगर्ने भन्नेमा प्रष्ट पार्न आग्रह गरेका छन् ।
असार ५ गते पठाएको पत्रमा चीनसँग सीमा जोडिएको नेपालको हिल्सा बजारमा चौक प्रहरी चौकी, भन्सारलगायतका सरकारी कार्यालय रहेको र उक्त ठाउँमा व्यापारी र स्थानीय नागरिक बसोबास गरिरेको उल्लेख छ । उक्त ठाउँको विकासमा चीन र भारत दुवैले चासो दिएको पत्रमा उल्लेख छ ।
२० देखि ३० घरधधुरी रहेको हिल्सामा चिनियाँ पक्षले विद्युतका लागि सहयोग गर्ने प्रस्ताव आएको र भारतले पनि सोही ठाउँमा धर्मशालालगायतका भौतिक पूर्वाधार निर्माण गरिदिने आश्वासन दिएको पत्रमा उल्लेख छ ।
कारोबार दैनिकमा समाचार छ ।
















प्रतिक्रिया