काठमाडौं, १७ असार । नाम चलेका गुण्डा नाइके दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ ।
मनाङेलाई उनका दुई सहयोगीसहित महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले विहीबार राति ठमेलबाट पक्राउ गरेको हो ।
मनाङे ठमेललाई आधारक्षेत्र बनाएर गुण्डागर्दीमा संलग्न थिए ।
काठमाडौ प्रहरी प्रमुख एसएसपी बिक्रमसिंह थापाले सम्पतिको शुद्धिकरणमा मुद्दा खेपिरहेका मनाङेले अदालत र विभागका कर्मचारीहरुलाई काम ढिलो भएको भन्दै धम्काएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको जानकारी दिए ।
मनाङेबिरुद्ध संगठित अपराध मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए । मनाङेलाई थप अनुसन्धानको म्यादको लागि प्रहरीले आज काठमाडौ जिल्ला अदालतमा पेश गर्दैछ ।













प्रतिक्रिया