१ कार्तिक २०८३, आइतबार

ओलीको नेतृत्वमा राष्ट्रिय सहमति बने मुलुक ठूलो दुर्घटनामा जान सक्नेः प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-3नेपालगन्ज, १६ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुबीच चाँडै राष्ट्रिय सहमति नबने मुलुक ठूलो दुर्घटनामा जान सक्ने चेतावनी दिनुभएको छ ।

गत वर्षको भूकम्पबाट ज्यान गुमाएका सञ्चार उद्यमी तथा समाजसेवी अच्युतराज सुवेदीको ‘स्मृति’ पुस्तक विमोचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले मुलुकलाई सम्भावित राजनीतिक दुर्घटनाबाट जोगाउन राष्ट्रिय सहमति एक मात्र विकल्प भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अहिले राजनीतिमा अहंकार र विकृति बढेको छ, त्यसलाई परास्त गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक छ ।”

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली वा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण भएपनि आफ्नो दललाई मान्य हुने स्पष्ट गर्नुभयो ।

स्व सुवेदीका पिता एवम् पुस्तक प्रकाशन संस्था ‘अच्युतराज सुवेदी स्मृति प्रतिष्ठान’ का अध्यक्ष प्रकाश सुवेदीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्व सुवेदीकी माता पूर्णा सुवेदी र राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभयो । रासस