२६ कार्तिक २०८३, बिहिबार

अफगानिस्तानमा १३ नेपाली मारिएपछि संसदमा उठ्यो नयाँ माग

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anuradha-thapamagar

काठमाडौं, १६ असार । अफगानिस्तानको काबुलमा नेपालीमाथि भएको आतंककारी हमलापछि सांसदहरुले नयाँ ऐनको माग गरेका छन् ।

विहीबार बसेको व्यवस्थापिका संसदको बैठकमा नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले काबुलमा भएको हमलामा ज्यान गुमाएका नेपाली कामदार पठाउनेलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गरेकी हुन् । उनले भनिन्– ‘संविधान संशोधन गरेर सम्बन्धित म्यानपावर कम्पनीका संचालकविरुद्ध ज्यान मुद्दा चलाएर फाँसी दिनुपर्छ ।’

नेपाली युवा, महिलालाई विदेशमा रोजगारीका नाममा बेचविखन गर्ने काम गरेको भन्दै तत्काल संविधानमा संशोधन गरी उनीहरुविरुद्ध ज्यान मुद्दामा फासीको व्यवस्था गर्नुपर्ने उनको तर्क थियो ।

यसअघि सांसद थापामगरले भारतीय राजदूत रञ्जीत रेलाई देशनिकाला गर्नुपर्ने माग संसदमा राखेकी थिइन् ।