२६ कार्तिक २०८३, बिहिबार

माओवादी राष्ट्रिय सरकारको नेतृत्व लिन तयार : कृषि मन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Haribol-Gajurel– मोहन विष्ट

कञ्चनपुर, १६ असार । कृषिमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले माओवादी राष्ट्रिय सरकारको नेतृत्व लिन तयार रहेको बताउनुभएको छ ।

बिहीबार महेन्द्रनगरमा प्रेस सेन्टर कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।

राष्ट्रिय सरकार निर्माणको समय ढल्की सकेकाले अब दलहरुले एकजुट भएर राष्ट्रिय सरकार बनाउनुपर्नेमा जोडदिनुभयो । ‘राष्ट्रिय सरकारको नेतृत्व दिन सबैले चाहना राख्नु स्वभाविक हो’, उहाँले भन्नुभयो, ‘संविधान बन्नु अघि कांग्रेस, संविधान बनेपछि एमाले अब माओवादीलाई नेतृत्व दिनुपर्छ ।’

तीन तहको निर्वाचन गराएर संविधानबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्नका लागि सबैले सहमतिमा आउनुपर्ने उहाँको भनाई छ । सबै दलहरु मंसिर या वैशाखतिर स्थानीय तहको निर्वाचन गराउन एकजुट हुनुको विकल्प नभएको गजुरेलको भनाइ छ ।