काठमाडौं, २९ साउन । व्यवस्थापिका संसदको बिहीबारको बैठकमा सभासदहरुले देशका विभिन्न भागमा गएको बाढी–पहिरोबाट प्रभावितहरुलाई राहत वितरणको काम प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।
सभासद् गगन थापाले सिन्धुपाल्चोकका पीडितहरुको पुनर्बासका लागि तत्काल कार्यक्रम ल्याउनुपर्ने माग गर्नुभयो । ‘सिन्धुपाल्चोकको जुरेको जस्तै प्रकोप अन्यत्र पनि हुनसक्छ,’ थापाले बैठकमा बोल्दै भन्नुभयो, ‘त्यस्ता जोखिमयुक्त क्षेत्रको पहिचानका लागि संसदले अध्ययन समिति बनाउनुपर्छ ।’
सभासदहरुले बाढी–पहिरोबाट थप क्षति हुन नदिनका लागि राज्य संयन्त्रहरुको प्रभावकारी परिचालनमा पनि जोड दिएका छन् । सभासद रामहरि खतिवडाले बुधबार राती परेको अविरल वर्षाले ओखलढुंगाको सिद्धिचरण राजमार्गमा अवरुद्ध भएकोले राजमार्ग खुलाउन माग गर्नुभयो ।
मधेसी जनआधिकार फोरमका सभासद उपेन्द्र यादवले १४ जिल्लाका संरक्षित वन क्षेत्रबाट रेलमार्गको योजना तर्जुमा गरिएको सार्वजानिक भएको भन्दै त्यसलाई सच्याएर रेलमार्गलाई राजमार्ग र हुलाकी सडक भएर लैजानु पर्ने सुझाव दिनुभयो ।
त्यसपछि सभामुख सुवास नेम्वाङले बाढी–पहिरो र इबोला भाइरस सम्बन्धमा सदनमा उठेका विषयहरुमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गर्नुभएको थियो ।
















प्रतिक्रिया