काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको राजधानी काबुलमा भएको आतंकवादी हमलामा मारिएका १३ नेपालीको शव र घाइते ल्याउन कसैले पनि सहयोग नगरेको स्पष्ट पारेका छन् ।
बुधबार ६ दिनपछि खुलेको संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको तदारुकताका साथ तत्काल जहाज पठाएर काबुलमा मृतक र घाइतेलाई ल्याउन सफल भएको बताए ।
उनले भने– ‘सरकारले काबुल घटनामा मारिएकाको शव ल्याउन जहाज आफैं पठाएको हो । कुनै इन्सुरेन्स वा वैदेशिक रोजगार व्यवसायीले सहयोग गरेको होइन । कोही भ्रममा नपरे हुन्छ ।’
काबुल घटनापछि सरकारले वायुसेवा निगमको विमान चार्टर गरेको थियो ।












प्रतिक्रिया