काठमाडौं, १५ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दलहरुबीच भूकम्प पीडितलाई पहिलो किस्तामा डेढ लाख र दोस्रो किस्तामा ५० हजार रुपैयाँ दिने सहमति भएको छ ।
बुधबार विहान संसद भवन नयाँ बानेश्वरमा शीर्ष नेताहरुको बैठकले कांग्रेसको माग पूरा गराउन भूकम्प पीडितलाई पहिलो किस्तामा डेढ लाख दिने निर्णय गरेको हो ।
भूकम्प पीडितलाई एकमुष्ट दुई लाख दिनुपर्ने माग राख्दै कांग्रेसले पाँच दिनदेखि लगातार संसद अवरुद्ध गर्दै आएको थियो ।
कांग्रेसको माग पूरा भएसँगै अब संसदको अवरोध हट्ने भएको छ ।
आज दिउँसो ३ बजे बस्ने संसद बैठकलाई सम्बोधन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पीडितलाई पहिलो किस्तामा डेढ लाख दिने प्रतिबद्धता जनाउने नेकपा एमालेका सचेतक भानुभक्त ढकालले जानकारी दिए ।













प्रतिक्रिया