काठमाडौं, १५ असार । व्यवस्थापिका संसदको विहान ११ बजे बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको छ ।
भूकम्प पीडितलाई एकमुष्ट दुई लाख दिनुपर्ने माग राख्दै कांग्रेसले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसद अवरुद्ध भएको आज छैठौं दिन हो ।
कांग्रेसको अवरोधका कारण सूचना टाँस गरेर दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
कांग्रेसको मागमा सत्तापक्ष र विपक्षबीच अझै सहमति जुट्न सकेको छैन् । संसदको अवरोध खुलाउने विषयमा आजपनि सत्तापक्ष र विपक्षका सांसदहरु सम्मिलित कार्यदलको बैठक बसिरहेको छ ।













प्रतिक्रिया