३० आश्विन २०८३, शुक्रबार

इबोला भाइरस प्रभावित मुलुकहरुको भ्रमण नगर्नुः परराष्ट्र मन्त्रालय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahendra-pandey

काठमाडौं, २९ साउन । परराष्ट्र मन्त्रालयले नेपालीहरुलाई ‘इबोला’ भाइरसबाट प्रभावित मुलुकहरुको भ्रमण नगर्न आग्रह गरेको छ ।

भ्रमणका लागि ‘इबोला’ भाइरसबाट प्रभावित मुलुकहरु असुरक्षित रहेको भन्दै मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरेको हो ।

मन्त्रालयले पश्चिम अफ्रिकाका चार मुलुकहरु गिनी, नाइजेरिया, लाइबेरिया र सियरालियोन इबोला भाइरस रोगबाट प्रभावित भएको उल्लेख गर्दै ती मुलुकहरुमा नजान आग्रह गरेको हो ।

ती मुलुकहरुमा झन्डै दुई हजार व्यक्तिहरु इबोला भाइरसबाट संक्रमित भएको र एक हजारभन्दा बढीको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनकाअनुसार इबोला भाइरस रोग अत्यन्त छिटो सर्ने खतरनाक र घातक रोग हो ।

संक्रमित व्यक्ति वा जनावरको रगत, शरीरबाट निस्कने तरल वस्तु वा कोषिकासँग प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिमा सर्ने ईबोलाको औषधी हालसम्म पत्ता लाग्न नसकेका कारण उपचारमा समस्या हुने गरेको छ ।