काठमाडौं, १५ असार । पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाइ र भ्रष्टाचार नियन्त्रणको माग गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।
भोलि बिहीबार ३ बजे ‘विप्लव’ माओवादीले प्रधानमन्त्री केपी ओलीलाई सिंहदबारमा भेट गरेर ज्ञापनपत्र बुझाउने भएको हो ।
नेकपा माओवादीका नेता माइला लामाले बिहीबार शान्तिबाटिकाबाट सुरू हुने विरोध -यालीले सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताउनुभयो । ‘सबै जिल्लाहरूमा ज्ञापनपत्र बुझाउँदैछौँ’, उहाँले भन्नुभयो, ‘राजधानी उपत्यकामा भने सिंहदरबारमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने छौँ ।’
‘विप्लव’ माओवादीका अर्का नेता तिलक मल्ल ‘क्षितिज’ले पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइ नहुँदासम्म आन्दोलन जारी रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुलुकमा भ्रष्टाचार, कालोबजारी, महँगी, तस्बिरी मौलाएको छ । एनसेलले जनता लुटेको छु । यस्ता कार्यको सरकारले तुरुन्त उचित कदम चालेर नियन्त्रण गर्नुपर्छ ।’
‘विप्लव’ माओवादीले सिंहदरबार पुगेर ज्ञपानपत्र बुझाउनका लागि प्रधानमन्त्री ओलीको निजी सचिवालयसँग समय पनि मिलाइ सकेको छ ।












प्रतिक्रिया