काठमाडौं, १५ असार । मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धनले सुरू गरेको रिले अनसन २३औँ दिनमा प्रवेश गरेको छ ।
रिले अनसनको नेतृत्व राष्ट्रिय मधेस समाजवादी पार्टीका उपाध्यक्ष नीलम वर्माले गर्नुभएको रामसपाका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।
अनसनमा विभिन्न दलका ४० जना नेता तथा कार्यकर्ताहरू बसेका छन् । आजको रिले अनसनमा महिला नेतृहरूको धेरै उपस्थिति रहेको छ ।
संविधान पुनर्लेखनको माग गर्दै आएको संघीय गठबन्धनले जेठ २५ गतेदेखि रिले अनसन सुरू गरेको हो । अनसन असार मसान्तसम्म चल्नेछ ।
अनसनप्रति प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ऐक्यवद्धता जनाइ सकेको छ । अन्य राजनीतिक दलहरूले पनि ऐक्यवद्धता जनाइरहेको रामसपाका प्रवक्ता झाले बताउनुभयो ।













प्रतिक्रिया