परासी, १५ असार । मदिरा सेवन गर्न नेपाल प्रवेश गरेका भारतीय नागरिकको शव नवलपरासी जिल्लाको भुजहवा गाविसमा फेला परेको छ ।
भुजहवा– १ गणेशपुरस्थित झरही नदीको छेउमा भारत महाराजगञ्ज जिल्ला लक्ष्मीपुरका ३८ वर्षीय अनिरुद्र यादव मृत अवस्थामा फेला परेका हुन् ।
मंगलबार दिउँसो करीव बजेसम्म स्थानीय रक्सी पसलमा बसेर मदिरा सेवन गरेका यादवको साँझ साढे ५ बजेतिर पुल छेउमा शव भेटिएको स्थानीय लक्ष्मी हरिजनले जानकारी दिए ।
दिउँसो अत्याधिक मदिरा सेवन गरेका यादवको मदिराकै कारण मृत्यु भएको हुन सक्ने स्थानीयले बताएका छन् ।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए । घटनास्थलमा पुगेको भुजहवा प्रहरी चौकीका ईञ्चार्ज जहरलाल गुरुङको नेतृत्वमा खटिएको टोलीले शव पोष्र्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पतालमा ल्याएको छ ।
भारतमा विहार राज्यमा राज्य सरकारले मदिरा बिक्रीमा प्रतिवन्ध लगाएपछि भारतीय नागरिकहरू मदिरा सेवन गर्नकै लागि नेपाल आउने गरेका छन् । भारतीय नागरिकहरू दिनभरि मदिरा सेवन गरेर बेलुका घर फर्कने गरेका छन् ।
मदिरा सेवन गर्न आउने भारतीय र स्थानीय नेपालहरूका वीच बेलाबेला विभिन्न स्थनमा झैझगडा हुने समेत गरेको छ ।













प्रतिक्रिया