९ कार्तिक २०८३, सोमबार

प्रचण्डलाई कानुन मन्त्रीले डर देखाइदिएको खलासा

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandaकाठमाडौं, १५ असार । त्यो दिन बिहान प्रचण्ड कमरेडले एउटा अर्कै सन्दर्भको निम्ति गरेको टेलिफोन वार्तामा दिउँसोको आफ्नो विदेश यात्राबारे उल्लेख नगरेको भए सम्भवतः यो मुलुकले माओवादी पार्टीमाथिको प्रलय, यो सरकारमाथिको सत्तासंकटलगायत अनेकन अप्ठ्याराहरुको सामना गर्नुपर्ने हुन सक्थ्यो ।

उनले सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन र उजुरीहरुका सम्बन्धमा कानुनमन्त्री अग्नि खरेलसँग संवाद गरेका थिए । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

कुराकानीको अन्त्यमा आफू दिउँसो अष्ट्रेलिया जान लागेको बताए । मन्त्रीले जवाफ दिए, ‘सबै कुरा बुझ्नु त भा’को हो के ? खासमा अष्ट्रेलिया र नेपाल दुवै नागरिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि र यातनाविरुद्धको अर्को सन्धिका हस्ताक्षरकर्ता मुलुक हुन् ।

दोस्रो विश्वयुद्धलगत्तै मानवअधिकारसम्बन्धी ऐतिहासिक घोषणापत्र जारी भएपछिका यी दुई महत्वपूर्ण दस्तावेज हुन् ।

सन्धिमा हस्ताक्षर गरेकै कारण थुनुवामाथि गरिएको यातना प्रकरणमा कर्णेल कुमार लामालाई तीन वर्षदेखि बेलायतले नजरबन्द राखेको छ ।

‘तपाई सबै कुरा बुझेर भन्नुभएको हो की कताबाट थाहा पाउनुभो ? प्रचण्डले यस्तो जिज्ञासा राख्दा कानुनमन्त्रीले भनेको थिए, ‘वकिलको जातै शंकालु हुन्छ नी ।’ त्यसपछि सिड्नीबाट अनेकथरी खबर आउन थाले ।