९ कार्तिक २०८३, सोमबार

बालुवाटारमा मध्यराति बाझाबाझ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Meeting-Baluwatar-4-650x488काठमाडौं, १५ असार । बूढा मन्त्री र तन्नेरी कार्याकर्ताको एकैपल्ट बाझाबाझ । अस्ति सोमबार, राति ११ बजेदेखि बालुवाटारमा यस्तो चल्यो, सकिँदा भोलिपल्ट अर्थात, अस्ति बिहान १ बजिसकेको थियो ।

मन्त्रालय बाँडफाँडदेखि नै असन्तुष्ट रहँदै आएका खेलकुदमन्त्री सत्यनारायण मण्डल मध्यरात प्रधानमन्त्री केपी ओलीसँग भन्दै थिए , ‘आखिर म मधेसी न परेँ । एउटा मधेसीलाई मन्त्री बनाएको छु भनेर भाषण त गर्नुहुन्छ, तर ममाथि भएको अपमान टुलुटुलु हेरेर बस्नुभएको छ । कतिपल्ट भनिसकेँ, मलाई न्याय दिनुस् कमरेड । न्याय नदिनु पनि अन्याय हो । तपाईं पनि मधेसीमाथि अन्याया गर्न पछि पर्नुभएन ।’ जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

यसरी यी वृद्ध मन्त्रीको पारो छुट्नुको कारण थियो । त्यही दिन दिउँसोको एउटा घटना । अमेरिकी राजदूत एलाइना बी टेप्लिजले शिष्टाचार भेटका लागि तीन दिनअघि परराष्ट्र मन्त्रालय हुँदै खेलकुद मन्त्रालयमा पत्राचार गरेकी थिइन् ।

सोमबार बिहानबाट बालुवाटारमा स्थायी कमिटी बैठक चलिरहेको थियो । प्रदेश संयोजक छान्ने विषयमा लफडा चल्दा बैठक लम्बियो । उनी स्वयं संस्थापन पक्षबाट १ नम्बर प्रदेशको संयोजकका रुपमा प्रस्तावित थिए, अर्को पक्षबाट सचिव भीम आचार्य ।

यस्तो घम्साघम्सी चलिरहँदा प्रधानमनत्तीका स्वकीय सचिव रमेश आचार्यले खबर सुनाए, ‘तपाईं मन्त्रालय गइहाल्नुस् रे । अमेरिकी राजदूत भेटौँ । यस्तो तनावमा बैठक छाडे । मन्त्रालय पुग्नासाथ कर्मचारीहरूसँग पड्किए, के हो यो ताल ? राजदूत आउने पत्राचार तीन दिनअघि भएको छ । मलाई चाहिँ आधा घण्टाअघि, त्यो पनि सिरियस मिटिङ चलिरहेको बेला खबर गर्ने ? के हामी मधेसीलाई पशु भन्ठान्नुभएको छ ? हाम्रो टाइम हुँदैन ? हाम्रो काम हुँदैन ?’

मन्त्रालयमा राजदूत भेटेर सत्यनारायण फेरि बालुवाटार पुगे । त्यतिबेलासम्म माधव नेपाल पक्ष पदाधिकारीमध्येबाट प्रदेश संयोजक तोक्नुपर्नेमा र संस्थापन पक्ष स्थायी कमिटी सदस्यमध्येबाट तोक्नुपर्ने अडानमा अडिग गिए ।