९ कार्तिक २०८३, सोमबार

काबुल विस्फोट काण्ड नेपाली कामदार लक्षित थिएन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Afghan fire-fighters and members of security forces clean the site of a suicide attack in Kabulकाठमाडौं, १५ असार । अफगान सरकारको गृह, रक्षा मन्त्रालय तथा जासुसी निकायले गरेको अध्ययनमा गत साताको काबुल विस्फोट काण्ड नेपाली कामदार लक्षित नरहेको पाइएको छ ।

काबुलस्थित अधिकारीका अनुसार एउटै समय, रुट तथा सवारी साधानबाट कामदार ओसारपसार गर्ने नियमित कार्यशैलीका बारे जानकारी पाएरै आत्मघाती बम प्रहार गरेको पुष्टि भएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘बसका चालक बस्ने भागको अन्तिम सिट बाहरिबाट प्रहार गरिएको छर्रामा परेर स्वयंम विद्रोही समेतको क्षतविक्षत अवस्थामा निधन भएको पाइएको छ’, ती अधिकारीले भने ।

बम प्रहार गर्नेको एउटा चुँडिएको खुट्टा र हातमात्रै बसबाहिर अलिक टाढा फेला परेको थियो ।

तर, सरकारले द्वन्द्वग्रस्त लिविया, सिरिया, इराकसँगै अफगानिस्तानलाई पनि रोजगार प्रतिबन्ध मुलुकका रुपमा सूचीकृत गरेपछि अफगानिस्तानको ‘ग्रिनजोन’ मा बसेर उचित सेवा सुरक्षासहित काम गरिरहेका नेपाली समेत अन्यौलमा परेका छन् ।