काठमाडौं, १५ असार । सँगै दुर्घटनामा परेर मृत्यु भएकाको शव नेपाल नफर्काएसम्म फर्कन नपाउने भन्दै एक नेपाली कामदारलाई साउदी अरबमा बन्धक बनाएर राखेको पाइएको छ ।
चार वर्षअघि दुर्घटनमा परेर बाँचेका इटहरी खनारका मिलन विकलाई अलफराइना कम्पनीले बन्धक बनाएर राखेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
उक्त दुर्घटनामा मृत्यु भएका बाँके सीतापुरका हर्षमान खत्रीको शब अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन ।
शब नेपाल नफर्काएसम्म फर्किन नपाउने भन्दै विकको पासपोर्ट र अन्य कागजात कम्पनीले नै राखेको छ ।
विक रोजगारीका लागि साउदी गएको आठ वर्ष नाघिसक्यो ।
विकका बाबु धनबहादुरले भने, ‘कहिले शब नेपाल आउने हो र मोरो छोरा फर्किन पाउने हो ?’ धनबहादुरका अनुसार पछिल्लो चार वर्षयता कम्पनीले मिलनलाई तलब दिएको छैन ।
उनले भने, ‘काम गरेबाफत खान र बस्न बाहेक कुनै सुविधा दिएको छैन ।’















प्रतिक्रिया