२६ कार्तिक २०८३, बिहिबार

जननेता मदन भण्डारीलाई प्रचण्डले यसरी सम्झिए, भेट्ने तयारी गर्दा दुर्घटना

6.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौं, १४ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जननेता मदन भण्डारीलाई सम्झिएका छन् ।

उनले नेता भण्डारीसँग आफ्नो भेट हुन नसकेकोमा पछुतो लागेको पनि बताए ।

मदन भण्डारी फाउण्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भण्डारीको जबज र आफूको जनयुद्धपछिको शान्तिपूर्ण रुपान्तरण तथा मुलुकको समृद्धि र नेपालको नयाँ पहिचानका लागि दुई पार्टीबीचको मेलको सम्भावना रहेको बताए ।

उनले जननेता भण्डारीसँग आफ्नो वैचारिक भेट तय भए पनि उहाँको दुर्घटनामा निधन भएका कारण त्यो सम्भव नभएको भन्दै भेट भएको भए जनयुद्ध वा जबजका धारमा एकले अर्काेलाई प्रभावित पार्न सक्ने टिप्पणी गरे ।

भण्डारीको २०५० जेठ ३ मा दासढुङ्गा–दुर्घटनामा निधन भएको थियो । प्रचण्डले ललितपुरका एक बुद्धिजीवीले आफू र भण्डारीबीच जेठ ११ मा भेटको कार्यक्रम तय गरेको स्मरण गर्दै आफूहरुबीच प्रत्यक्ष भेट नभएको भएपनि सोच्ने समानता (घिसिपिटी जीवन गुजार्ने भन्दा फरक) रहेछ भन्ने अहिले बोध भएको बताए ।

प्रचण्डले भने– ‘हामीले अहङ्कार र स्वार्थ केन्द्रित पक्ष त्यागेर राष्ट्रिय स्वाधीनता र समृद्धिका पक्षमा उठेका वैचारिक प्रश्नलाई उत्तर दिने आँट र नेतृत्व गर्न सक्ने हो भने अहिले पनि दुई पार्टीको मेलको सम्भावना छ ।’

उनले नेता भण्डारीले इतिहासको आवश्यकता र आकस्मिताले जन्मिएका नेपाली राजनीतिक आकाशका गतिशील र परिवर्तनशील एक नायक भएको पनि धारणा राखे ।