२६ कार्तिक २०८३, बिहिबार

कांग्रेसको अवरोधले संसद बैठक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress

काठमाडौं, १४ असार । व्यवस्थापिका संसदको मंगलबारको बैठक सूचना टाँसेर स्थगित भएको छ ।

चार दिनदेखि लगातार बैठक अवरुद्ध गर्दै आइरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भूकम्प पीडितलाई एकमुष्ट दुई लाख दिनुपर्ने मागमा दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

कांग्रेसको मागमा सहमति जुटाउन सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा चारदलीय कार्यदल समेत गठन गरिएको थियो । उक्त कार्यदलले सहमति जुटाउने प्रयास गरेपनि शीर्ष नेताहरुबीच सहमति नहुँदा आज संसद बैठक बस्न नसकेको हो ।

सत्तापक्ष र प्रतिपक्षबीच सहमति नभएपछि संसद सचिवालयले बुधबार बिहान ११ बजे बस्नेगरी सूचना टाँसेर आजको बैठक स्थगित गरेको जनाएको छ ।