३० आश्विन २०८३, शुक्रबार

जाजरकोटमा भिषण बाढी पहिरो, ४ जनाको मृत्यु, दर्जनौं घर पुरिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_district

बीरबहादुर गिरी

जाजरकोट २९ साउन । बुधबार साँझबाट लगातार परेको बर्षातले जाजरकोटको बारेकोट क्षेत्रमा भिषण बाढी र पहिरो गएको छ ।

पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

पहिरोले घर पुँरिदा सक्ला गाविस वडा नं ३ का नबरत्नी बोहरा र उनका छोरा नबराज बोहराको मृत्यु भएको हो । त्यस्तै पहिरोले घर पुरिँदा रामीडाँडा गाविस वडा नं धौकोटमा २ जना बालकको मृत्यु भएको छ ।

मुत्यु हुने धनसुरे नेपालीका २ छोरा रहेको स्थानीय शिक्षक पृथ्बीराज ज्योतिले जानकारी दिए । पहिरोमा परी सक्ला ३ जयलाल बोहरा र उनका २ छोरी र रामीडाँडा ९ मा ३ जना गंभिर घाइते भएका छन् ।

त्यस्तै पहिरोले रामीडाँडा, रोकायगाउँ, नायकवाडा र सक्ला गाविसमा २ दर्जन बढि घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

छेडा खोला र कोटीली खोलामा आएको बाढीले २० वटा काठे पुल बगाएको छ । बाढीले पुल बगाउदा रामीडाँडा, रोकायगाउँ र सक्लाका बासिन्दाको सम्पर्क बिच्छेद भएको छ । बाढीका कारण प्रहरी घटनास्थलमा पुगेर घटना बिबरण संकलन तथा उद्धारमा सस्या परेको जाजरकोटका प्रहरी प्रमुख चक्रबहादुर सिंहले बताएका छन् ।