काठमाडौं, २९ साउन । नेपालमा नयाँ शक्ति निर्माणको वकालत गर्दै आउनु भएका एमाओवादीका नेता डा. बाबुराम भट्टराईले नयाँ नेपालमा नयाँ शक्ति बनाउनका लागि भन्दै ५ ‘स’ को सूत्र अघि सार्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले अघि सार्नुभएको नयाँ नेपालका पाँचवटा सूत्रमा शान्ति, संविधान, सुशासन, समृद्धि र समाजवाद रहेका छन् ।
पाँचवटै शब्दलाई एक अर्कासँग जोडेर व्याख्या गर्दै नेता भट्टराईले राष्ट्रिय सहमति कायम गरी नयाँ नेपालका लागि एकजुट हुन आहृवानसमेत गर्नुभएको छ ।
‘शान्तिबाट संविधान, संविधानबाट सुशासन, सुशासनबाट समृद्धि र समृद्धिबाट समाजवाद’, भट्टराईले पाँच ‘स’ व्याख्या गर्दै भन्नुभएको छ, यसमा राष्ट्रिय सहमति गरौं र बनाऔं नयाँ नेपाल ।’
केही समय अघि नेपालको दुई दिने औपचारिक भ्रमण गर्नु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि तीनवटा मन्त्र अघि सार्नुभएको थियो ।
उहाँले नेपालको व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्दै नेपालको विकासका लागि ‘एचआइटी’ हिटको मन्त्र अघि सार्नुभएको थियो ।
उहाँले एच हाइवेज (सडकमार्ग), आई–वेज (सूचनामार्ग) र ट्रान्सवेज (विद्युत प्रसारणमार्ग) अर्थात हिट। उहाँले उक्त तीन कुरामा ध्यान दिन सके नेपालले विकास गर्न सक्ने दाबी गर्नुभएको थियो ।
















प्रतिक्रिया