२ कार्तिक २०८३, सोमबार

भाषा, संस्कृतिप्रति नायिका रोमियनको चाँसो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

romiyan-limbu

काठमाडौं । आफ्नो भाषा, संस्कृतिको जगेर्ना गर्नका लागि निर्मात्री एवं नायिका रोमियन लिम्बूले आफ्नो मैलिक भेषभुषा लगाएर लिम्बू गीतको म्युजिक भिडियो निर्माण गरेकी छन ।

छदिने छुट्टिमा नेपाल आएकी नायिका रोमियन लिम्बूले आफ्नो नेपाल बसाईको समयलाई सदुपयोग गर्दै म्युजिक भिडियो निर्माणसंगै अभिनय गरेकी हुन् ।

वेलायतलाई कर्मथलो बनाउदै आएकी नायिका रोमियन आगामी दिनमा नेपाली चलचित्र एवं लम्बु भाषाका चलचित्र निर्माणमा आफुलाई सकृय तुलाउने बताउँछिन ।

‘तागानु हाङजाङले’ बोलको गीतलाई लोकेन साबाको निर्देशन, गायीका जसोदा सुब्बाको शब्द, स्वर, राजु आङ्देम्बेको संगीत, रोमियान र आयुष लिम्बु मोडल रहेको उक्त म्युजिक भिडियोलमई ललितपुर लगायत काठमाडौको बिभिन्न ठाउँमा छायाँकन गरिएको छ । मयुजिक भिडियो आगामी महिनामा सार्वजनिक हुने नायिका लिम्बुले जानकारी गराएकी छन् ।

नायिका लिम्बू नेपाली चलचित्र नागबेली को निर्मात्री पनि हुन । वेलायतमा हुने अधिकाँश साँस्कृतिक कार्यक्रमहरुमा खरो उपस्थिति जनाउदै आईरहेकी नायिका लिम्बु पहिले देखी नै आफ्नो भाषा एवं संस्कृती झल्कने भिडियोहरुमा काम गरिसकेकी छन् ।

उनी निकट भविष्यमै चलचित्र निर्माण घोषणाका लागि नेपाल आउने संभावना छ ।