काठमाडौं, १२ असार । सानिमा बैंकले सिडिएस एण्ड क्लियरिङ्गसंग डिपोजिटोरी पार्टिसिपेट (Depository Participant) सम्झौता गरेको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्द र सिडिएस एण्ड क्लियरिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देभ प्रकाश गुप्ताले हस्ताक्षर गरे ।
उक्त सेवा अन्तर्गत शेयर लगानीकर्ताहरुले निकट भविष्यमै सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलबाट डि–म्याट खाता खोल्न सक्नेछन् ।
सानिमा क्यापिटलले लगानीकर्ताहरुलाई स्टेटमेन्ट हेर्न मिल्ने गरि अनलाईन डिम्याट भ्यू (DEMAT VIEW) सेवा प्रदान गर्नेछ ।
सानिमा बैंकको यो सेवा आफ्ना सबै शाखाहरु बाट उपलब्ध गराउने योजना रहेको छ । हाल देश भरि बैंकका ४० वटा शाखा संजाल रहेका छन् ।
















प्रतिक्रिया