१९ कार्तिक २०८३, बिहिबार

काठमाडौंमा सम्बन्ध बिच्छेद बढ्यो, ‘लभम्यारीज’ प्रमुख कारण

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

divorc

काठमाडौँ, १२ असार । काठमाडौँ जिल्ला अदालतमा गत तीन वर्षमा सम्बन्धबिच्छेदका पाँच हजार ६३ मुद्दा दर्ता भएका छन् ।

तीमध्ये चार हजार ६४ मुद्दाको फैसला भइसकेको छ । करिब एक हजार मुद्दाको फैसला हुन बाँकी छ । काठमाडौँ जिल्ला अदालतका कर्मचारी लिकेश श्रेष्ठका अनुसार काठमाडौँमा आव २०७०÷०७१ मा एक हजार ७४२ यस्ता मुद्दा दर्ता भएकामा । एक हजार ७२१ मुद्दा फैसला भइसकेका र २१ मुद्दा विचाराधीन छन् ।

त्यसैगरी आव २०७१/२०७२ मा एक हजार ८३६ सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएकामा १२० मुद्दामा फैसला हुन बाँकी छ । त्यसमा एक हजार ७१६ मुद्दा फैसला भइसकेको अदालतले जनाएको
छ ।
त्यसैगरी २०७२ साल साउन १ गतेदेखि २०७३ साल वैशाख २० गतेसम्म एक हजार ४८५ मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये एक हजार २७ फैसला भइसकेका र ४५८ मुद्दा फैसला हुन बाँकी छ ।

एकापसमा मनमुटाब, अन्तरजातीय विवाह लगायत कारणले सम्बन्धबिच्छेदका घटना बढेको अदालतका कर्मचारी श्रेष्ठले जानकारी दिनुभयो । रासस