१ कार्तिक २०८३, आइतबार

कांग्रेसले संसद ठप्पै पारेपछि शीर्ष नेताहरुबीच बानेश्वरमा बैठक सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, १२ असार । प्रमुख प्रतिपक्षी दलले उठान गरेका मागहरुमाथि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा छलफल सुरु भएको छ ।

बैठकमा प्रम केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता रहेको छ ।

प्रमुख प्रतिपक्षी दलले भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ट रु दुई लाख तथा दुई प्रतिशत ब्याजदरमा रु १५ लाख र रु २५ लाख क्रृण वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग माग राखी सदन अवरुद्ध गर्दै आएको छ । रासस