१९ कार्तिक २०८३, बिहिबार

पुनःनिर्माणका लागि दलबीच एकताको खाँचो: उपप्रधानमन्त्री रावल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhim-rawal1.JPG

काठमाडौँ, १२ असार । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावलले भूकम्पपछिको पुनःनिर्माण कार्य अघि बढाउन दलहरुबीच एकताको खाँचो रहेको बताउनुभएको छ ।

ओमन एक्टले आज यहाँ आयोजना गरेको ‘भूकम्पपछिको पुनःनिर्माणमा हातेमालो’ विषयको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री रावलले देशले राजनीतिक उपलब्धि हासिल गरिसकेको र अब पुनःनिर्माण थालेर देशलाई विकासको बाटोमा अगाडि लैजान आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्र बैँकदेखि जङ्गी अड्डा, सिंहदरबारदेखि वसन्तपुरसम्मको पुनःनिर्माण गर्नुपर्ने भएकाले राजनीतिक दलबीच एकता हुन आवश्यक छ ।”

उहाँले पुनःनिर्माणका लागि सरकारले दिने भनिएको रकम समयमै भूकम्पपीडित जनताको दैलोदैलो पु¥याउने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले पुनःनिर्माण अभियानमा सरकारले ढिलासुस्ती गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पपीडित क्षेत्रमा पहिरोको पनि समस्या छ । यसलाई सरकारले विशेष ध्यान दिन आवश्यक छ ।”

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सदस्य डा विष्णु भण्डारीले महिला र विपन्न परिवारका लागि प्राधिकरणले विशेष कार्यक्रम ल्याएको बताउनुभयो ।

संस्थाकी अध्यक्ष सिर्जना अधिकारी, नेपाल बार एसोसियनसका उपाध्यक्ष मोती गौतमलगायतले संविधान निर्माणमा दलहरुबीचको एकता खाँचो भएजस्तै पुनःनिर्माणमा पनि दलहरुबीच एकताको खाँचो रहेको औँल्याउनुभएको थियो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा भूकम्पप्रभावित जिल्लाका महिला र बालबालिकामा भूकम्पले पारेको असरका साथै पुनःनिर्माणका बारेमा छलफल हुनेछ । रासस