– विमल योगी
काठमाडौं, १२ असार । भूकम्पपीडितहरूलाई एकमुष्ट दुई लाख रुपियाँ दिनुपर्ने माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आज लगातार दुई पटक सदन अबरोध गरेको छ ।
संसदको बैठक सुरू हुनेवित्तिकै कांग्रेसका सांसदहरू नबसेपछि संसदको बैठक प्रभावित भएको हो । कांग्रेसले सरकारले भूकम्पपीडितहरूका नाममा राजनीति गरेको आरोप लगाउँदै आएको छ । कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठ, सांसद मोहनबहादुर बस्नेत अर्जुननर सिंह केसीले भूकम्पपीडितलाई एकमुष्ट रकम नदिँदा वर्षा सुरु हुँदा पनि घर निर्माण गर्न नसकेको बताएका थिए ।
कांग्रेसले भूकम्पपीडितहरूलाई नियमावली संशोधन गरेर घर बनाउन दिने भनिएको दुई लाख रुपियाँ राहत एकमुष्ट दिनुपर्ने माग गद आएको छ । तर, सरकारले नियमावलीका कारण भूकम्पपीडितहरूलाई एकमुष्ट रकम दिन नसकिने जनाउँदै आएको छ ।
संसदमा प्रमुख विपक्षीको मागका विषयमा जवाफ दिन प्रधानमन्त्री केपी ओली आउनुभएको छ । कांग्रेसले दुई लाख रुपियाँका विषयमा स्पष्ट जवाफ नआउँदासम्म सदन चल्न नदिने जनाएको छ ।
यसैबीच, सदनको गतिरोध अन्त्यको प्रयासका लागि सरकारी पक्ष जिम्मेवार नभएको विपक्षी दलका सांसदहरूले आरोप लगाएका छन् । उनीहरूले सरकारमा रहेका दलहरूका कारण समस्या जटिल बन्दै गएको बताए ।
















प्रतिक्रिया