१ कार्तिक २०८३, आइतबार

सुनको भाउमा केही गिरावट, चाँदी पनि घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold pic

काठमाडौं, १२ असार । साताको पहिलो दिन आइतबार सुनको भाउमा केही गिरावट आएको छ ।

ईयुबाट बेलायत छुट्टिदा शुक्रबार एकैदिन ३ हजार रुपैयाँले बढेको सुनको मूल्य आइतबार तोलामा ५ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार शुक्रबार ५९ हजार रुपैयाँमा कारोवार भएको सुनको मूल्य तोलाको ५८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।