३० आश्विन २०८३, शुक्रबार

चरीको शव अझै अलपत्र, पोष्टमार्टम गर्न जापान वा अमेरिका लैजान परिवारको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dinesh-adhikari-chariकाठमाडौं, २८ साउन । गुण्डानाइके दिनेश अधिकारी चरी मारिएको एकसाता बितिसक्दा पनि शव अलपत्र छ ।

चरीका आफन्तले मुठभेडमा नभइ प्रहरीले गैरन्यायिक हत्या गरेको भन्दै शव नबुझेपछि चरीको शव पोष्टमार्टम हुन सकेको छैन ।

छानबिन आयोग नबनेसम्म शव पनि नबुझ्ने र पोष्टमार्टम गर्न पनि नदिने चरीका दाजु ध्रुव अधिकारीले बताए । बरु, उनको शव लागि पोष्टमार्टम गर्न विदेश लैजान पाउनुपर्ने उनको माग छ ।

राज्यले योजनाबद्ध रुपमा हत्या गरेकाले नेपालमै गरिएको पोष्टमार्टमबाट विश्वसनीय रिपोर्ट नआउने उनको दाबी छ । त्यसैले पोष्टमार्टमका लागि चरीको शव जापान वा अमेरिकामा लैजान चाहेकोा उनले बताए ।

चरीका दुवै दाजुहरु जापानमा व्यवसायमा छन् । पोष्टमार्टमा खर्च व्यहोर्न समेत आफूहरु तयार रहेको धुव्र बताउँछन् । भन्छन्, यत्रो त विपत त आइलाग्यो, ‘पैसा हामी आफैं खर्च गर्छौं, भाइमाथि मरेपछि पनि अन्याय नहोस् भन्ने हामी परिवारको चाहना छ।’

गत बुधबार काठमाडौं र धादिङको सीमानामा पर्ने भीमढुंगामा प्रहरी कारबाहीमा चरीको ज्यान गएको थियो । प्रहरीले दोहोरो कारबाहीमा चरी मारिएको प्रष्टीकरण दिए पनि परिवार र आफन्तहरुले अस्वीकार गरेका छन् । अन्यत्र कतै हत्या गरेर भीमढुंगामा लागेर फालेको उनीहरुको दाबी छ ।

गैरन्यायिक हत्या गरिएको भन्दै घटनामा संलग्न प्रहरीविरुद्ध चरीका दाजु र आफन्तले मंगलबार किटानी जाहेरी दर्ता गर्न खाजेका थिए । तर, प्रहरीले स्वीकार गरेन । जाहेरी दर्ता गर्न पाउनुपर्ने भन्दै चरीका परिवार सर्वोच्च अदालत र मानवअधिकार आयोगलाई गुहार्ने तयारीमा छन् ।