
काठमाडौं, १० असार । उपप्रधान एवं रक्षामन्त्री भीम रावलले भरतपुरस्थित श्री महिन्द्रदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।
सोही अवसरमा वहांले उक्त गणकोे वस्तुस्थितिको बारेमा जानकारी लिनु भएको थियो ।
निरीक्षणकै क्रममा उपप्रधान तथा रक्षामन्त्री रावलले आजै रामेछाप जिल्लाको सांघुटार ईलाकामा भूकम्पबाट विस्थापित परिवारहरुको लागि नेपाली सेनाले निर्माण गरेको अस्थायी सामुहिक आवास भवनको निरीक्षण तथा अवलोकन गर्नुहुने कार्यक्रम समेत रहेको छ ।
उक्त निरीक्षण भ्रमण सम्पन्न गरी उपप्रधान तथा रक्षामन्त्री रावल आजै काठमाण्डौ फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया