२ कार्तिक २०८३, सोमबार

खुश्बुलाई प्रेम प्रस्ताव राखेको पुष्टि भए मलाई झुण्ड्याएर मारियोस् : प्रहरी इन्स्पेक्टर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khushbu

काठमाडौं, २८ साउन । प्रहरी इन्स्पेक्टर कुमुद ढुंगेलले प्रहरी कारबाहीमा मारिएका चर्चित डन दिनेश अधिकारी चरीकी प्रेमिका खुश्बु ओलीलाई प्रेम प्रस्ताव राखेको पुष्टि भए आफूलाई सार्वजनिक स्थानमा झुण्ड्याएर नुनचुक छर्न चुनौती दिएका छन् ।

आफूले प्रेम अस्वीकार गरेका कारण प्रहरी इन्स्पेक्टर कुमुद ढुंगेल समेतको मिलेमतोमा चरीको हत्या भएको खुस्बुले दाबी गरेकी गर्दै आएकी छिन् । तर, इन्स्पेक्टर ढुंगेलले त्यसको ठाडै अस्वीकार गर्छन ।

आफूले कहिल्यै पनि खुश्बुलाई प्रेम प्रस्ताव नराखेको र चरी प्रकरणसँग खुश्बुको कुनै कारण नजोडिएको दाबी समेत ढुंगेलको छ ।

खुस्बुले आफ्नो मनोबल गिराउन त्यस्तो हल्ला फिंजाएको दाबी गर्दै उनले आफूमाथि लागेको आरोप एक दिन असत्य प्रमाणित हुने जिकिर समेत गरेका छन् ।

‘ममाथि लागेको आरोप खुश्बु ओली र मिडियाले पुष्टि गरेर देखाओस्, म सार्वजनिक स्थानमा झुण्डिन तयार छु, मेरो शरीरमा नुनचुक छरियोस् ।’ – ढुंगेललाई उधृत गर्दै एक प्रहरी अधिकृतले भने ।

खुश्बुले भने बारम्बार कुमुदको गोलीबाट आफ्नो प्रेमीको ज्यान गएको आरोप लगाउँदै आएकी छन् ।

प्रहरी इन्स्पेक्टर ढुंगेल हनुमानढोकामा कार्यरत छन् । नाम चलेका गुण्डाहरु रमेश बाहुन, शुक्रे लामा र अभिशेष गिरीजस्तालाई नियन्त्रणमा लिएपछि संगठित अपराधमा संलग्नहरु आफूसँग आतंकित भएको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस:
अर्पण टाट पल्टिएपछि ‘चरी’सँग लागेकी थिइन् खुस्बु, ‘चरी’को अर्की पनि गर्लफ्रेण्ड