दाङ, १० असार । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको घर नजिकैको खेतमा बम भेटिएको छ ।
दाङको सतवरिया गाविस-६ स्थित खड्काको घरसँगै सटेको खेतमा बम भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी प्रकाशराज शर्माले पूर्वमन्त्री खड्काको घरसँगै जोडिएको खेत जोत्नेक्रममा ग्रीनेट वम भेटिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार टेक्टरले खेत जोत्नेक्रममा भेटिएको बम १९ नम्वर बाहिनीको टोलीले डिस्पोज गरेको छ ।
पुरिएको अवस्थामा भेटिएको ग्रीनेट युद्धकालिन हुनसक्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।













प्रतिक्रिया