१ कार्तिक २०८३, आइतबार

सुनको मूल्यले रेकर्ड तोड्यो, तोलामा एकैदिन तीन हजार बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold-sun-chadi

काठमाडौं, १० असार । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्यमा प्रतितोला ३ हजार रुपैयाँले बृद्धि भएको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा एकैदिन तीन–तीन हजारले बढेको यो पहिलोपटक हो ।

युरोपियन युनियनबाट ब्रिटेन बाहिरिएपछि एकैदिन सुनको मूल्य ह्वात्तै बढेको हो । नयाँ मूल्यअनुसार सुन तोलाको ५९ हजार रुपैयाँ पुगेको छ । विहीबार तोलाको ५६ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले युरोपियन युनियनबाट ब्रिटेन बाहिरिएपछि अन्तर्राष्ट्रिय अर्थतन्त्रमा ठूलो असरको सुरुवात भएको र पहिलो प्रभाव सुनमा परेको बताए ।

उनका अनुसार चाँदीको मूल्यमा पनि उल्लेख वृद्धि भएको छ । विहीबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ८ सय २० कायम भएको छ ।