१ कार्तिक २०८३, आइतबार

धुर्मुस-सुन्तलीलाई कुवेतबाट कोसेली समूहको १२ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Koseli Group Help

काठमाडौं, ९ असार । धुर्मुस सुन्तली फाउण्डेशनलाई कोसेली समुह कुवेतले १२ लाख २८ हजार ८ सय ७२ रुपैँया सहयोग प्रदान गरेको छ ।

कुवेतमा रहेका नेपालीहरुबाट संकलन गरेर समूहले फाउण्डेशनलाई एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गरेको हो । वैशाख १९ गतेदेखि अभियान सुरु गरेको समूहले ३७ दिनमा सो रकम संकलन गरेको अभियानका संयोजक तायानाथ दाहालले जानकारी दिएका छन् ।

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को कामदेखि प्रभावित भएर उक्त सहयोगका लागि समुहले सक्रियता जनाएको समुहका प्रबन्ध निर्देशक सुजन केसीले बताएका छन् । कुवेतमा संकलन भएको सहयोग रकम संस्थाका पदाधिकारी नवराज पन्थिले फाउण्डेशनका अध्यक्ष कट्टेललाई हस्तान्तरण गरेका छन् ।

एउटा समूहको सक्रियतामा उठेको सहयोगप्रति फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले आभार व्यक्त गरेका छन् । दुख गरेर कमाएको पैसा गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग गरेकोमा कुवेतबासी नेपालीलाई उनले धन्यवाद दिएका छन् । गिरान्चौरलाई साँच्चीकै नमुना बनाएर देखाउने भन्दै उनले काम अझै तिव्र गतिमा अघि बढीरहेको जानकारी गराएका छन् ।

यसैबीच, तिलगंगा आँखा केन्द्रले पनि गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि १५ लाख रुपैँया सहयोग गरेको छ । एक कार्यक्रमको आयोजना गरेर केन्द्रले धुर्मुस सुन्तली फाउण्डेशनलाई उक्त सहयोग हस्तान्तरण गरेको हो ।