मर्चवार, १० असार । यहांका एक व्यवसायीले आफ्नो कमाईको १० प्रतिशत सामाजिक सेवामा खर्चिने गरेको दाबी गरेका छन् ।
राज्यले पछाडी पारेको क्षेत्र मर्चवारको विकास र समृद्धिकोलागी उनले त्यस्तो अभियान थालेको बताए । मर्चवारका व्यवसायी बिरेन्द्र जैसवालले यस्तो अभियान थालेका हुन् ।
जैसवालले विगत १५ वर्षदेखी सक्रिय रुपमा समाजसेवा गर्दै आएका छन् । उनले धार्मिक संस्था, मन्दिरको निर्माणमा विशेष सहयोग पुराउदैं आएका छन् । तौलिहवा स्थित रामघाटको मन्दिर बनाउदा लागेको सबै इट्टा जैसवालले नै सहयोग गरेका थिए । यसैगरी उनले गोनाहाको रामजनकी मन्दिर, प्रकटेश्वर मन्दिर देखी लिएर गाऊघरमा चर्पि बनाउन नसक्नेहरुलाई समेत इट्टा सहयोग गर्दै आएका छन् ।
जैसवालले मर्यादपुर मावि, तुइनीहवा निमावि, समइमाइ प्रा.विलाई पनि सहयोग गरेका छन् भने वर्षमा एक पटक आफु भन्दा गरिब समुदायलाई बोलाई भोजन गराउने पनि गरेका छन् ।
सधैं सामाजिक क्षेत्रमा क्रियासील हुन चाहने जैसवालले यसै हप्ता आफ्नै खर्चमा मर्यादपुरमा आंखा शिवीर समेत राखे । उनले आयोजना गरेको आंखा शिवीरमा ३ सय जनाले चेकजांच गराएका थिए । उक्त आंखा शिवीरमा आंखा परिक्षण गरिएकोमध्ये ४३ जनामा मोतियाविन्दुको समस्या देखिएको शिवीरमा खटिएका आखां रोग विशषज्ञ रमेश ब्रजाचार्यले जानकारी दिए । शिवीरमा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान रण अम्बिका आँखा अस्पताल भैरहवाको प्राविधिक सहयोग रहेको थियो । शिवीरमा नेत्र रोग विशेषज्ञ डा.नारायण सिंह वि.क.को नेतृत्वमा आएका १० जनाको टोली खटिएको थियो ।
जैसवाल मार्का (जिएम) इट्टा, पुस्ता सःमिल तथा फर्निचर उद्योग सन्चालन गर्दै आएका मिश्रा ०५४ सालको स्थानिय निर्वाचनमा मर्यादपुर गाविसको वडा नम्बर २ बाट निर्वाचित अध्यक्ष हुन् । जैसवालले अब नियमित रुपमा विभिन्न स्वास्थ्य शिवीर सन्चालन गर्ने पनि जनाउदै भने ‘मर्चवार जस्तो पछाडी पारिएको ठाउका जनता आधारभूत स्वास्थ्य सेवाबाट पनि बन्चित रहेका छन् । यस्तो बेला म जस्ता २, ४ रुपैयां कमाउनेले केही सहयोग गरेमा उनीहरुको कल्याण हुन्छ भने किन नगर्ने ?
जैसवाल जस्तै मर्चवारमा ५ वटा इट्टा उद्योग रहेका छन् भने करौडौ लगानीका धेरै उद्योग धन्दा सन्चालन छन् । मर्चवारमै दर्जनौ एनजिओ आइएनजिओ सन्चालित छन् ।












प्रतिक्रिया