– झलक पाली
डोटी, ९ असार । डोटीको सानागाउँ गाविसमा दुवै खुट्टामा किरा परेका वेवारिस एक मानिस विहीबार फेला परेका छन् ।
अन्दाजी ५०-५५ वर्ष उमेरका देखिने तर बोल्नै नसक्ने ति मानिसलाई सानागाउँ गाविस–७, मसानघाटमा फेला पारेको सानागाउँ प्रहरीचौकी ईन्चार्ज असई नवराज अवस्थीले जानकारी दिए ।
वेवारिसे अवस्थामा जिवित तर छट्पटाईरहेको मानिस खोलामा रहेको भन्ने स्थानीय स्तरमा हल्ला सुनेपछि नेपाल रेडक्रस सोसाईटी डोटीका सभापती लक्षीराम कुँवर सहित स्थानीय शिक्षकहरु र प्रहरीले ति मानिसको उद्धार गरेको छ ।
उनको सानागाउँ स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि अहिले जिल्ला अस्पताल डोटीमा ल्याउने तयारी भईरहेको छ ।
सडकबाट झण्डै ४५ मिनेट टाढा रहेको सानागाउँ, काणामाण्डौ र गैरागाउँ गाविसको बिचमा पर्ने खोलामा ति व्यक्ति फेला परेको डोटीका प्रहरी प्रमूख प्रहरी उपरिक्षक दिल्लीराज बिष्टले जानकारी दिए ।
ति व्यक्ति को र कहाँका हुन् भन्ने खुल्न नसकेको र पहाडी मुलकै नागरिक भएको प्रहरीले जनाएको छ ।
उनको अवस्था चिन्ताजनक रहेको बताईएको छ ।












प्रतिक्रिया