१९ कार्तिक २०८३, बिहिबार

काँग्रेसले सरकारलाई काम गर्न दिएन् – मन्त्री खरेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Agni_Kharel

काठमाडौँ, ९ असार । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले भूकम्पपीडितको आवास निर्माण गर्न रकम उपलब्ध गराउने विषयमा कुनै राजनीति नभएको स्पष्ट पार्नुभएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको राजनीतिक आस्थाका आधारमा रकम प्राप्त गर्ने सूची तयार पारेको आरोप लगाउँदै संसद्को आजको बैठक अवरोध तुल्याएपछि मन्त्री खरेलले उक्त प्रतिक्रिया दिनुभएको हो ।

उहाँले भन्नुभयो – “संविधानअनुरुप संसद्को बर्खे अधिवेशन समयमै चल्दैछ, जनताले आशा र अपेक्षा गरेअनुसार बजेट पेस भई त्यसमाथिको विनियोजन छलफल भइरहेको छ, अधिवेशनलाई गम्भीरतापूर्वक लिने मामिलामा प्रतिपक्षबाट कमजोरी भएको छ ।

राहत र पुनःनिमाणसम्बन्धी आवश्यक तथ्य र तथ्याङ्क सङ्कलनपछि भोलिसम्ममा सरकारले सदनमा जानकारी दिने बताउँदै उहाँले भन्नुभयो – “पुनःनिर्माणको काममा राजनीतीकरण भएको छैन, राजनीतीकरण गर्न आवश्यकता पनि छैन । रासस