१९ कार्तिक २०८३, बिहिबार

नरहरि आचार्यलाई पत्नी शोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Press Union Logoकाठमाडौं, ९ असार । कांग्रेस निकट नेपाल प्रेस युनियन रौतहटका उपाध्यक्ष नरहरि आचार्यलाई पत्नी शोक परेको छ ।

जेठ ३० गते बाराको नीजगढबाट आफ्नो घर रौतहटको चन्द्रनिगाहपुर आउने क्रममा आचार्य, श्रीमती प्रमिला भण्डारी र छोरी प्रंशसा आचार्य चढेको चढेको ना २७ प ६३१२ नम्बरको मोटसाईकललाई काठमाडौंबाट चन्द्रनिगाहपुर आउदै गरेको ना १ ज ३७४८ नम्बरको शिखरापुर टाटा सुमोले ठक्कर दिएको थियो ।

पत्रकार आचार्यकी श्रीमती प्रमिला भण्डारीको चिन्ताजनक अवस्थामा हेटौडास्थित चुरेहिल अस्पताल भर्ना गरिएकोमा बुधवार दिउँसो निधन भएको युनियनका महासचिव अजयबाबु सिवाकोटीद्वारा विज्ञप्तिमा उल्लेख छ ।

‘प्रस युनियन सहकर्मी आचार्य पत्नी भण्डारीको मृत्युले स्तब्ध भएको छ’, महासचिव सिवाकोटीले भनेका छन्, ‘यस दुःखद घडीमा स्वर्गीय भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त आचार्य परिवारमा युनियन समवेदना प्रकट गर्दछ । युनियन घाइते बाबु छोरीको पनि शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

प्रेस युनियनले आचार्य परिवार सवार मोटरसाइकललाई ठक्कर दिने प्रहरी नियन्त्रणमा रहेका सवारी साधन र सवारी चालकलाई रौतहटको स्थानीय प्रहरीले केही दिन अगाडि नै रिहा गरेको घटनाप्रति युनियन रुष्ट रहेको जनाएको छ ।

‘तत्काल यस घटनाका दोषीलाई कानुनी दायरामा ल्याई आवश्यक कार्वाही गर्न युनियन यसै विज्ञप्ती मार्फत सम्वन्धीत सबैलाई खवरदारी गर्दछ’, महासचिव सिवाकोटीले जनाएका छन् ।