१ कार्तिक २०८३, आइतबार

बेरोजगार युवालाई तालिमसँगै अनुदान रकम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Rupees Paisaलहान, ९ असार । जिल्ला कृषि विकास कार्यालय सिरहाले चालु आव २०७२-०७३ मा जिल्लाका १०० भन्दा बढी बेरोजगार युवालाई व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिमसँगै अनुदान रकम प्रदान गरेको छ ।

तरकारी खेतीमार्फत जिल्लाका युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्लाभरिका १२० जना युवालाई चार चरणमा व्यावसायिक तालिमसँगै तरकारी खेती गर्न चाहेकालाई अनुदान रकम प्रदान गरेको हो ।

तालिमसँगै रु ३० हजारका दरले अनुदान रकम समेत प्रदान गरेको जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख रामलखन मण्डलले जानकारी दिनुभयो ।

जिल्लाका युवामा आवश्यक सीप र पुँजीको अभावका कारण रोजगारीका लागि विदेशिने क्रम बढेको र तरकारीखेतीका लागि पर्याप्त जग्गा जमिन हुँदा समेत तरकारी अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था रहेकाले युवालाई तरकारी खेतीमा आकर्षित गरी तरकारी उत्पादनमा वृद्धि ल्याउनका लागि तालिमसँगै पुँजी स्वरुप अनुदान रकम वितरण गरेको प्रमुख मण्डलले बताउनुभयो । रासस