३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीले किन छाडे निवास ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

koirala-newas

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका तत्कालिन सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनपछि ‘कोइराला निवास’ सर्नुभएका प्रधानमन्त्री एवम् कांग्रेसका वर्तमान सभापति सुशील कोइरालाले अन्तिम समयमा आएर उक्त निवास छाड्ने निश्चित भएको छ ।

‘प्रधानमन्त्री ज्युका सबै सामान त्यहाँ (कोइराला निवास महाराजगञ्ज) बाट सारिसकेको अवस्था छ,’ प्रधानमन्त्रीका प्रेससल्लाहकार प्रकास अधिकारीले दैनिक नेपालसँग भन्नुभयो,’ ‘अब उहाँ उक्त निवासमा फर्किनुहुन्न ।’

अधिकारीका अनुसार महाराजगञ्जमा बस्दै आएका सुरक्षाकर्मी पनि मंगलबारबाट हटेका छन् ।

प्रधानमन्त्री पदबाट अवकाश लिएपछि उहाँ कहाँ बस्नुहुन्छ भनी गरेको प्रश्नमा अधिकारीले कुनै टुङंगो नलागेको जवाफ दिनुभयो । ‘प्रधानमन्त्रीबाट उहाँले कहिले अवकाश लिने भन्ने निश्चित नभएको अवस्थामा उहाँ यो ठाउँमा बस्नुहुन्छ भनेर जवाफ दियो भने त्यो काल्पनिक हुन्छ,’ अधिकारीले भन्नुभयो ।

जानकारहरुका अनुसार सुशील पहिल्यैदेखि ‘कोइराला निवास’को पहिचान बनाएको सो भवनमा बस्ने तयारीमा हुनुहुन्थेन । त्यही भएर पनि उहाँले आफू प्रधानमन्त्री भएसँगै कोइराला निवास एक हिसावले छाडिसक्नु भएको थियो ।

अहिले कोइराला निवासमा भएका प्रधानमन्त्री सुशीलका सबै सामान उहाँका माइला दाइका छोरा अतुल कोइरालाको निवासमा लगेर राखिएको छ । त्यसैले उहाँले बालुवाटार छोडलगत्तै धापासीमा रहेको आफ्ना भजित अतुल कोइरालाकै घरमा बस्ने संभावना पनि बढी छ ।

लामो समय शंखमूलस्थित आफ्नो भाञ्जा रमेश भण्डारीको घरमा बस्दै आउनु भएका सुशीलले गिरिजाको निधनपछि शशांक कोइरालाको घरमा सर्ने तयारी गर्नुभएको थियो । तर, पछि उहाँ कोइराला निवास नै जानुभएको थियो ।