काठमाडौं, ८ असार । बिगत ९ बर्षदेखि हुन नसकेको नेपाल विद्यार्थी संघको महाधिवेशन तोकिएको मितिमा निष्पक्ष रुपमा हुने कुरा पार्टी सभापति शेरबहादुर देउवाले बताउनु भएको छ ।
साउन २३ देखि २५ गतेका लागि काठमाण्डौमा तोकिएको एघारौ महाधिवेशनमा नक्कली प्रतिनिधिको बोलवाला रहेको र नेबिसंघ नेतृत्वले बिवाद टुंगिएको भनिएका ६४ जिल्लामा नै ६०० भन्दा बढि प्रतिनिधि नक्कली रहेको प्रतिवेदन बुझाउन देउवा निवास पुगेका करिब दुई सय बिद्यार्थी नेता कार्यकर्ताको समुहलाई सम्बोधन गर्ने क्रममा देउवाले सो कुरा बताउनु भएको हो ।
नेबिसंघ नेता कुन्दन काफ्ले, युबराज पाण्डेय, जित शेरचन, डिल्लीराम सुवेदी, कृष्णकुमारि बस्नेत, तुलसा पन्त लगायतको नेतृत्वमा पुगेका बिद्यार्थी नेताहरुले बिबादित २२ जिल्ला, बिश्वबिद्यालय र उपत्यकाका क्याम्पसहरुमा बिधिबत अधिबेशन तथा भागबण्डा गरि बनाईएका नक्कली प्रतिनिधि खारेज गरि महाधिबेशन सुनिश्चित गर्न माग गरेका थिए ।
जबाफमा देउवाले पार्टि केन्द्रिय समितिबाट निर्देशन समिति गठन हुने र सो समितिले नै न्यायिक छानबिन गरि महाधिबेशन सुनिश्चित गरिने कुरामा आश्वस्त पार्नु भएको थियो ।













प्रतिक्रिया