काठमाडौँ, ८ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ को विभिन्न सात मन्त्रालयका शीर्षकमाथिको छलफल जारी रह्यो ।
आज सूचना तथा सञ्चार, स्वास्थ्य, भूमिसुधार तथा व्यवस्था, कृषि विकास, उद्योग, कानुन, न्याय तथा संसदीय मामिला र युवा तथा खेलकुद मन्त्रालयका शीर्षमाथि छलफलको कार्यसूची रहेकामा सो शीर्षकमाथि आगामी बैठकमा पनि छलफल जारी रहने भएको हो ।
सभामुख ओनसरी घर्तीले संसद्को अर्काे बैठक यही असार ९ गते बिहान ११ बजे बस्ने गरी स्थगित गर्नुभयो । रासस













प्रतिक्रिया