१९ कार्तिक २०८३, बिहिबार

संसदीय सुनुवाई समितिको सभापतिमा कुलबहादुर गुरुङ निर्वाचित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kul-bhadur-gurung

काठमाडौँ, ८ असार । व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा नेपाली काँग्रेसका कूलबहादुर गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

उहाँलाई सभापतिमा निर्वाचित गरियोस् भनी नेकपा एमालेका गणेशमान गुरुङले प्रस्ताव गर्नुभएको थियो भने नेपाली काँग्रेसका चिनकाजी श्रेष्ठको समर्थन रहेको थियो ।

सभामुख ओनसरी घर्ती मगरले आजै समितिका नवनिर्वाचित सभापति गुरुङलाई शपथ गराउनु हुने कार्यक्रम रहेको छ । रासस