१९ कार्तिक २०८३, बिहिबार

जिविसको टेण्डरमा मिलेमतो प्रकरणः अख्तियारद्वारा छानविन शुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakthier

धनगढी, ८ असार । जिल्ला विकास समिति कैलालीले ढुंगा, बालुुवा र गिट्टीको टेण्डर प्रक्रियामा अनियमितता गरेको समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयको ध्यानाकर्षण भएको छ ।

राजस्व घाटा गरेर जिविसका कर्मचारी र ठेकेदारको मिलेमतोमा ठेक्का रकम घटाएको समाचारा सार्वजनिक भएपछि मन्त्रालयको समेत ध्यानाकर्षण भएको अवस्थामा अख्तियारले पनि यसको छानविन गर्ने भएको छ । अख्तियारका प्रवक्ता विष्णुसिंह विष्टका अनुसार गत वर्षको तुलनामा करिब एक करोेड रकम कम हुने गरेर टेण्डर खोलेपछि अख्तियारको ध्यानाकर्षण भएको हो ।

टेण्डरको प्रकृति हेर्दा मिलेमतो जस्तो देखिएकाले अख्तियारले छानविनको प्रक्रिया शुरु गरेको प्रवक्ता विष्टले बताउनुभयो । गत वर्षमा खुटिया नदी प्रणालीमा १ करोड ८१ लाखमा ठेक्का गएकोमा यस वर्ष मिलेमतोमा ९२ लाखमात्र टेण्डर हालिएको थियो । टेण्डरको न्यून रकम ९० लाख भएपनि परेका टेण्डरहरु मध्ये तीन वटाले ६० र ६५ लाख रकम हालेकाले स्पष्टरुपमा मिलेमतोको आशंका गरिएको छ ।

राजस्व घाटा हुने गरेर निकालिएको टेण्डर स्वीकृत भएमा आर्थिक मिलेमतोमा संलग्न भएकालाई कार्वाही हुने अख्तियार स्रोतको दावी छ । उता स्थानीय विकास मन्त्री कमल थापाले पनि यो विषयलाई गम्भीररुपमा लिएको बताउँदै छानविन गर्ने र दोषी पाइएमा कार्वाही गर्ने चेतावनी दिनुभएको छ ।

टेण्डरमा अनियमितताबारे छानविन गर्न माग

नेपाल तरुण दल जिल्ला कार्य समिति कैलालीले जिल्ला विकास समिति कैलालीले खोलेको टेण्डरमा व्यापक अनिमियतता भएको भन्दै तत्काल त्यसको छानविन गर्न माग गरेको छ । तरुण दलले मंगलबार कैलालीका स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीलाई ज्ञापन पत्र बुझाउदै टेण्डरमा व्यापक अनिमियतता भएको भन्दै तत्काल त्यसको छावविन गर्न माग गरेको हो । जिविसले आर्थिक वर्ष २०७३–०७४ का लागि खुटिया नदी खण्डमा ढुङ्गा बालुवा संकलनका लागि आह्वान गरेको टेण्डरमा ठूलो आर्थिक चलखेल भएको भन्दै तरुण दलले ध्यानाकर्षण भएको जनाएको छ ।

‘गत आर्थिक वर्ष २०७२-०७३ मा जिल्ला विकास समति कैलालीले सोहि नदीखण्डमा ८२ लाख रुपैयाँ राखेर टेण्डर आह्वान गरेकोमा बढाबढ प्रक्रियाबाट १ करोड ८१ लाखमा ठेक्का स्वीकृत भई सम्झौता भएको थियो भने आर्थिक वर्ष २०७३÷०७४ मा सोहि खण्डमा जिल्ला विकास समतिले ९० लाख २० हजार रुपैयाँ राखेर आह्वान गरेको टेण्डरमा ९२ लाख रुपैयामा टेण्डर परेको छ । यो रुकम अघिल्लो वर्षको तुलनामा करिब ९० लाख रुपैयाँले कम हो ।’ तरुण दलका जिल्ला अध्यक्ष दिपेन्द्र बमद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

खुटिया नदीमा भएको टेण्डर प्रकृयामा जिल्ला विकास समितिका कर्मचारी र ठेकेदारको मिलेमतो भएको आरोप लगाईको छ । आफ्नो मागलाई सम्वोधन नगरिए आन्दोलन गर्ने र संगठन कानुनी प्रकृयामा जान बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै स्थानीय विकास अधिकारी विमलीले मन्त्रालयको निर्देशन बमोजिम अघि बढने बताउनुभयो । टेन्डर भएको बेला मन्त्रालयको टोली पनि कैलालीमै रहेकाले त्यसबारे सो टालीलाई सम्पूर्ण जानकारी भएको भन्दै मन्त्रालयले जे निर्णय गर्छ त्यसै अनुसार टेन्डर प्रक्रिया अगाडि बढने बताउनुभयो ।