१ कार्तिक २०८३, आइतबार

दिव्यश्वरी हाइड्रोको साढे २ लाख कित्ता साधारण शेयर निष्काशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

haydro

– योगेन्द्र कुमार जोगी

संखुवासभा,८ असार। संखुवासभाको धुपु २ मा निर्माणाधिन दिव्यश्वरी हाइड्रोले आयोजना प्रभावितका लागि साधारण शेयर निष्काशन गरेको छ।

सर्वसाधारणका लागि साधारण शेयर निष्काशनको अनुमती समेत पाएको छ । हाइड्रोलाई नेपाल धितोपत्र बोर्डले ३ लाख ९६ हजार कित्ता साधारण शेयर निष्काशनका लागि स्वीकृति दिएको हो ।

हाइड्रोका अध्यक्ष क्याप्टेन ददिराम निरौलाका अनुसार सर्वसाधारणका लागि चैत महिना भित्रमा साधारण शेयर निष्काशन गर्ने तयारी भए पनि प्रकृया गत ढिलासुस्तीले ढिलो भएको बताए ।

दैनिक नेपालसंग कुरा गर्दै निरौलाले भने ‘सोचे अनुरुप काम अघि नबढेकाले केही ढिला भयो, बोर्डको स्वीकृति पाउना साथ कम्पनी रजिष्ट्रारको कार्यालयमा लगत कायम गर्न पठाएको छ । प्रकृया पुरा भएको केही दिनमै आह्वानपत्र प्रकाशित गर्छैं ।’

इक्रा नेपालले कम्पनीलाई रेटिंग ४ दिएको छ । संस्थापकसँग १९ लाख ८० हजार कित्ता शेयर रहेकोमा हाइड्रोले आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत शेयर विक्री गर्न लागेको हो । यस क्रमममा कम्पनीले स्थानीयका लागि २ लाख ६४ हजार कित्ता साधारण शेयर निष्काशन गरिसकेको छ ।

हाइड्रोको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटल रहेको छ । हाइड्रोले प्रतिकित्ता १ सय रुपैंयाका दरले ३ करोड ९६ लाख रुपैंयाको ३ लाख ९६ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशन पश्चात हाइड्रोको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुग्ने निरौलाले जानकारी दिए ।

उनका अनुसार ४ मेगावाट क्षमताको दिव्यश्वरी हाइड्रोले आगामी साउनदेखि व्यवशायिक रुपमा विद्युत उत्पादन गरि बिक्रि बितरण गर्ने उनले बताए । जिल्लाको सभाखोलामा जलविद्युत आयोजना निर्माण भैरहेको छ । ‘जेठ देखि नै व्यवशायिक रुपवमा विद्युत उत्पादनको लक्ष्य थियो तर कामदारको अभावले प्रकृया लम्बिएको हो। अहिले वर्षतमा पुल नभएकाले सोचे अनुरुप का मगर्न सकिएको छैन’ निरौलाले भने ।

उनका अनुसार दुई साता भित्रमा प्रशारण लाइनको तार टाग्ने काम सकिनेछ । अहिले हेड रेस पाइप बिछ्याउने, पावर हाउसमा मेशिन जडान गर्ने काम तिब्र रुपमा अघि बढिरहेकाले प्राकृतिक कारणले अवरोध नआए साउन मसान्तदेखि नियमित विद्युत उत्पादन उनले बताए ।