१९ कार्तिक २०८३, बिहिबार

कष्टकर बन्दै खाँदबारी धरानको यात्रा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadak photo

– योगेन्द्र कुमार जोगी

संखुवासभा, ८ असार । कोशी राजमार्ग अन्तरगतको कालो पत्रे भत्कीएको सडक निर्माणमा सडक विभाग र ठेकेदारहरुको लापरवाहीको कारण चैनपुर वसन्तपुर सडक अहिले कालोपत्र गरेको राजमार्ग नभएर भैसी खेल्ने आहालमा परीणत भएको छ ।

७ वर्ष अगाडी विभिन्न ठेकेदार ( १६ वटा ठेकेदारहरु)ले निर्माण गरेको कालो पत्रे सडक निर्माण गरेको १ वर्ष पछि नै सयौ ठाँउमा भत्कीएपछि संखुवासभाको ५६ किमी सडकमा यस्तो समस्या आएको हो । सदरमुकाम खाँदवारीवाट हिँडेको सयौ यात्रुहरु र धरानवाट आएको यात्रुहरु सडकको खराव अवस्थाको कारण अलपत्र पर्दे आएको खाँदबारीका दिपक श्रेष्ठले बताए । स्थानीय यातयात व्यावसायीका अनुसार सडक विभाग र ठेकेदारको चरम लापरवाहीका कारण जिल्लावासीहरु चरम मारमा परेको वताउछन् ।

आफ्ना आफ्ना गन्तव्यमा हिँडेको यात्रुहरुले हाल जंगल जंगलमै चाउचाउ र पानी खाँदै दिन विताउनु परेको परेको धुपुका जयराम विकले बताए। मुढे वजार लगायत सयौ ठाँउमा कालो पत्रे भत्कीँदा सर्व साधारणहरुलाई यात्रा गर्न समस्या भएपनि सम्वन्धीत निकायले कुनै चासो नदिएको स्थानीहरु बताउछन्। सदरमुकाम खाँदवारी लगायतका स्थानिय सहायक मार्गवाट यात्रा गर्न वाध्य छन्। सदरमुकाम खाँदवारी र चैनपुर लगायत दर्जनौ गाविसको सर्वसाधारणहरु हाल तुम्लींटार देखी ट्याक्सी चढेर धनकुटाको हिले हुँदै धरान तर्फ यात्रा गर्न वाध्य रहेको यात्रु रोहित कुमार जोगीले बताए ।

कोशी राजमार्गको चैनपुर वसन्तपुर सडक काम नलाग्ने भएपछि हाल तुम्लींगवाट चर्को मुल्यमा भाडा तिरेर तल्लो अक्करे सहायक मार्ग यात्रा गर्न वाध्य भएका जय दाहालले बताए। उनीको अनुसार यो सडकवाट यात्रा छिटो हुने र चैनपुर वसन्तपुर सडकवाट जाँदा दिनै गाल्नु पर्ने समस्या भएकोले वाध्य भएर विकल्प अपनाउनु परेको हो।

यस्ता सडकहरुलाई सरकारले भत्किने बितिकै उचित किसिमको मर्मत गर्नु अति आवश्यक रहेको सरोकारवालाहरु बताउछन् ।