काठमाडौं, ८ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अष्ट्रेलिया भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
अध्यक्ष दाहाल दिउँसो सवा एक बजे सिल्क एयरको जहाजबाट अष्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।
अष्ट्रेलियामा माओवादी समर्थक नेपाल जनप्रगतिशील मञ्चको अधिवेशनमा विशेष अतिथीका रुपमा सहभागी हुन दाहाल जान लाग्नु भएको हो ।
जुन २३ तारिखका दिन मेलबर्नमा अध्यक्ष दहालले नेपालीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । जुन २४ गते सिडनीमा हुने विशेष कार्यक्रममा दाहाल सहभागी हुनु हुनेछ ।
मेलवर्न युनिभर्सिटीमा हुने एक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । त्यहाँ रहेका नेपाली वैज्ञानिकसँग पनि उनले छलफल हुने जनाइएको छ ।
अध्यक्ष दाहालले अष्ट्रेलियाका केही स्थानको भ्रमणसमेत गर्ने कार्यसूचीमा राखिएको छ । त्यसपछि जुन २७ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।












प्रतिक्रिया